प्रतिलिटर रु पाँच रुपैयाँले बढ्यो पेट्रोलको मूल्य

काठमाडौं, असार १७ । पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि भएको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाउने निर्णय गरेको हो।
नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ कायम भएको छ । हवाइ इन्धनमा पनि प्रतिकिलो लिटर ५१ डलर वृद्धि भएको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी) बाट नयाँ खरिद मूल्य बढेर आएपछि निगमले सोमबार मध्यरातदेखि लागू हुने गरी मूल्य समायोजन भएको निगमले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असार १७, २०८२ ०७:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय