Kath Khabar

                                 काठमाडौं, असार २७ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मौद्रिक नीति सार्वजनिक गरिरहेका छन् ।

यो केन्द्रीय बैंकले प्रस्तुत गर्ने ५९ औं मौद्रिक नीति हो । गभर्नर भएपछि पौडेलको यो पहिलो मौद्रिक नीति हो ।  

मौद्रिक नीतिले आगामी वर्षको लागि देशको वित्तीय दिशा निर्देशित गर्ने अपेक्षा गरिएको छ । यसपछि गभर्नर पौडेलले पत्रकार सम्मेलन गर्नेछन् । 

 

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update