काठमाडौं महानगरले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै
काठमाडौं, असार २९ । काठमाडौं महानगरपालिकाले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछ । शुक्रबार बसेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकले आइतबार दिउँसो नगरसभा गर्ने निर्णय गरेको हो ।
मेयर बालेन्द्र साह (बालेन) ले आज दिनको २ बजे नगरसभा बोलाएका छन् । त्यसअघि बिहान कार्यपालिका बैठक बोलाइएको छ ।
गत शुक्रबार बसेको ४०औं कार्यपालिका बैठकमा मेयर साहले आज बजेट ल्याउन प्रस्ताव गरेका थिए । बजेट सीमा निर्धारण समितिको बैठकले आर्थिक वर्ष २०८२/०८३ का लागि २५ अरबको बजेट सीमा निर्धारण गर्ने निर्णय गरेको छ । बैठकमा नीति कार्यक्रम तथा बजेट प्रस्तुत हुनेछ ।
प्रकाशित मिति: आइतबार, असार २९, २०८२ १२:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय