Kath Khabar
सुनको मूल्य बढ्याे, कतिमा हुँदैछ काराेबार ?

                     काठमाडौं, असार २९ । नेपाली बजारमा सुनचाँदीको मूल्य आज बढेको छ । आइतबार छापावाल सुनको मूल्य तोला ११ सयले बढेर तोलाको एक लाख ९२ हजार ९०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  ।

यसअघि शुक्रबार सुन तोलाको एक लाख ९१ हजार ८०० मा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ६५ रुपैयाँले बढेर तोलाको २२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलामा २२ सय २० रुपैयाँमा काराेबार भएकाे थियाे ।

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update