आज सुनचाँदी दुवैको मूल्य बढ्यो

काठमाडौं, असार ३० । आज सुनको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँ वृद्धि भएको छ ।
आइतबार १ लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा २ हजार २८५ रुपैयाँ कायम भएको चाँदी बढेर तोलामा २ हजार ३१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असार ३०, २०८२ ११:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय