Kath Khabar
आज सुनको मूल्य स्थिर

                       काठमाडौं, असार ३१ । आज बजारमा सुनको मूल्य स्थिर रहेको छ । आज छापावाल सुनको मूल्य तोलामा रु एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यले भने घटेको छ । आज चाँदी दुई हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update