पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं, असार ३१ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।
निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।
यो सँगै अब पेट्रोलको मूल्य प्रतिलिटर रु १६० रूपैयाँ र डिजेल–मट्टीतेलको मूल्य प्रतिलिटर रु १४८ रूपैयाँ पर्नेछ ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ मूल्य तोकेको हो ।
प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२ २२:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय