Kath Khabar
नयाँ आर्थिक वर्षको पहिलो दिन सुनचाँदीको मूल्य बढ्याे

                               काठमाडौं, साउन १ । नयाँ आर्थिक वर्षको पहिलो दिन आज सुनचाँदीको मूल्य बढेको छ ।

असार ३२ गतेको तुलनामा छापावाल सुनको मूल्य तोलामा आज ३०० रूपैयाँले बढेर  १ लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन तोलामा १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, अघिल्लाे दिनकाे तुलनामा चाँदी ५ रुपैयाँले बढेर २ हजार २६५ रुपैयाँ कायम भएको छ । हिजो २ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

आजैदेखि सुनका गहनामा दुई प्रतिशत विलासिता कर लागू भएको छ । उक्त करको व्यवसायीले विरोध गर्दै आएका छन् ।

 

 

 

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update