Kath Khabar
आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य

                               काठमाडौं, साउन ४ । आज आइतबार बजारमा सुनको मूल्य बढेको छ ।

आज सुन तोलामा ८०० रुपैयाँले बढेर १ लाख ९३ हजार ३ सय  रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला १ लाख ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला २ हजार २ सय ८५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update