Kath Khabar
पोखरामा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु

                               गण्डकी,  साउन ५ ।  पोखरामा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ । 

७४ वर्षिया महिलाको स्वासप्रश्वासमा समस्या देखिएपछि पोखराको चरक अस्पताल भर्ना भएकी थिइन् । अस्पताल प्रशासनका अनुसार उनलाई उच्च रक्तचाप र मधुमेह पनि देखिएको थियो ।

 हाल गण्डकी प्रदेशमा ८ जना सङ्क्रमित उपचाररत रहेका छन् । तीमध्ये कास्कीमा ५ , बागलुङमा २ र स्याङ्जामा एक जना छन् ।

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update