Kath Khabar
सरकारी सरह पारिश्रमिकको माग राख्दै देशभरका सबै अस्पतालका नर्सहरूको विरोध प्रदर्शन

                              काठमाडौं, कात्तिक १४ । सरकारीसरह सेवा सुविधा र पारिश्रमिकको माग गर्दै देशभरका सबै अस्पतालका नर्सहरूले शुक्रबार विरोध प्रदर्शन गरेका छन् ।

सरकारी नर्स सरहको सेवा सुविधा पाउनुपर्ने लगायतको माग राखेर निजी अस्पतालमा कार्यरत नर्सहरू आन्दोलित छन् ।  सरकारी अस्पतालमा कार्यरत नर्सहरूले पनि यसमा ऐक्यबद्धता जनाएका छन् । कात्तिक १२ देखि १‍८ गतेसम्म दिनको दुई घन्टा बिहान १० देखि १२ बजेसम्म नर्सिङ सेवा बन्द गरेका छन् ।

नर्सिङ संघले अघि सारेको १५ बुँदे माग पुरा गर्नुपर्ने भन्दै प्रदर्शन गरिएको हो । संघले अघि सारेको मागलाई पुरा गर्नुपर्ने भन्दै शुक्रबार देशभरका अस्पतालका नर्सहरूले प्रदर्शन गरेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०८२/०६/२४ को पत्र कार्यान्वयन गरी स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक सरकार सरह नघट्ने गरी दिनुपर्ने, अतिरिक्त कार्यवापत भत्ता दिनुपर्ने, ज्यालादारीमा नचलाउने र तलब–भत्ता बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्नुपर्ने उनीहरूको माग छ ।  

 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update