सिभिल अस्पतालमा अझै ९ जनाको उपचार जारी,
                        
                        
                                                
                                            काठमाडौं, भदौ ३१ । निजामती कर्मचारी अस्पताल ले जेन जी प्रदर्शनको क्रममा घाइते भएका व्यक्तिहरूको उपचारसम्बन्धी पछिल्लो जानकारी सार्वजनिक गरेको छ ।
अस्पतालको विज्ञप्तिअनुसार प्रदर्शनमा घाइते भएकामध्ये अझै ९ जनाको उपचार भइरहेको छ भने ३६६ जना सामान्य उपचारपछि घर फर्किसकेका छन् । उपचारका लागि जम्मा ४६१ जना घाइतेलाई अस्पताल ल्याइएको थियो । तीमध्ये ४४ जनालाई थप उपचारका लागि अन्य अस्पतालमा रेफर गरिएको थियो ।
कूल ५१ जना घाइतेलाई अस्पतालमा भर्ना गरिएकोमा ४२ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । अस्पतालमा गम्भीर प्रकृतिका घाइतेहरूको शल्यक्रिया पनि गरिएको थियो, जसमा ५० जनाको शल्यक्रिया भएको र ११ जनाको पुनः शल्यक्रिया गरिएको छ । उपचारको क्रममा ६ जनाको निधन भएको विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  १५:०८
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    

 
                                                 
                                                 
                                                 
                     
                     
                    