Kath Khabar
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

                     काठमाडौं, साउन ९ । कारोबारको अन्तिम दिन आज सुनको मूल्य घटेको छ ।

आज छापावाल सुन तोलामा ५ सयले घटेर तोलाको १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य ५ रुपैयाँले बढेर २ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो चाँदी २ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update