Kath Khabar
आज नागपञ्चमी पर्व, घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरिदै

                    काठमाडौं, साउन १३ । आज साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व ।  हिन्दू धर्मावलम्वीहरु आज मंगलबार नागको पूजा अर्चना गरी यो पर्व मनाउँदैछन् ।

नागपञ्चमी पर्वमा नागस्थान तथा घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गर्ने चलन छ । मूलढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छी लगायत विषयुक्त जीवबाट रक्षा हुने शास्त्रीय मान्यता रहेको छ ।

बराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा ब्रह्माको नागराजसँग संवाद भएकाले यो दिन नागपूजाका लागि प्रसिद्ध भएको हो ।

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  ०७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update