एकैदिन चौध सयले बढ्यो सुनको मूल्य

काठमाडौं, साउन १४ । आज सुनचाँदीको मूल्य बढेको छ । मंगलबार प्रतितोला ६ सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार चार सय रूपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख ९४ हजार ४०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार प्रतितोला एक लाख ९३ हजारमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला दुई हजार ३०० रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १० रूपैयाँले बढेर दुई हजार ३१० मा किनबेच भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, साउन १४, २०८२ १४:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय