प्रतितोला आठ सय रूपैयाँले घट्याे सुनकाे भाउ

काठमाडौं, साउन १५ । आज सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला चौध सय रूपैयाँले बढेको सुनको भाउ आज प्रतितोला आठ सय रूपैयाँ घटेको छ ।
जसअनुसार आज सुन तोलाको एक लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन एक लाख ९४ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ४० रुपैयाँले घटेर २ हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी २ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२ ११:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय