Kath Khabar
घट्यो पेट्रोलको मूल्य

                        काठमाडौं, साउन १५ । नेपाल आयल निगमले शुक्रबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलको मूल्य घटाएको छ भने डिजेल, मट्टितेल र हवाई ईन्धनको मूल्य बढाएको छ ।

पेट्रोलको भाउ लिटरमा एक रूपैयाँले घटेको छ । डिजेल र मट्टीतेलमा भने लिटरमा दुई रूपैयाँले बढेको छ ।  हवाई इन्धनको हकमा अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौँमा प्रति किलो लिटर २१ अमेरिकी डलर मूल्य बढाइएको छ ।

भारतीय आयल कर्पोरेशनबाट प्राप्त पेट्रोलियम पदार्थको ताजा मूल्य सूचीका आधारमा नयाँ मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

 

 

Capture-1753982824.JPG
 


 

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  २३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update