Kath Khabar
तोलामा ३४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

                        काठमाडौं, साउन १८ । साताको पहिलो कारोबार दिन सुनको मूल्य बढेको छ । आइतबार सुनको मूल्य ३ हजार ४ सय रुपैयाँले बढेर १ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोलामा लाख ९३ हजार १०० रुपैयाँ कायम भएको थियो । 

यसैगरी आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला २ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update