Kath Khabar
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?

                     काठमाडौं, साउन १९। नेपाली बजारमा सोमबार पनि सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुन १ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन  सुन तोलामै ३४ सय रुपैयाँले बढेको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २५० रुपैयाँ कायम भएको चाँदी आज २ हजार २५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

 

 

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update