Kath Khabar
कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

                                काठमाडौं, साउन १९ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

 राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । यस वर्ष परीक्षामा सहभागीमध्ये ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्ष ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

गत वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको परीक्षामा देशभरबाट ५ लाख ११ हजार ५२५ जना विद्यार्थी सहभागी भएका थिए । तिनीहरूमध्ये नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी परीक्षामा सहभागी भएका बोर्डले जनाएको छ। 

विद्यार्थीहरूले नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट,  एसएमएस सेवा,  मोबाइल एप्लिकेसनबाट हेर्न सक्नेछन् ।

 

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update