Kath Khabar
शिक्षक महासंघले घोषणा गर्‍यो आन्दोलनका कार्यक्रम घोषणा

                           काठमाडौं, भदौ ६ । नेपाल शिक्षक महासङ्घले आफ्ना माग सम्बोधन नभएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महासङ्घले चरणबद्ध आन्दोलनमा उत्रने जनाएको हाे ।
 
यसअनुसार भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने छ ।  त्यसैगरी भदौ ११ देखि २० गतेसम्म केन्द्रमा रहेका सबै राजनीतिक दलका कार्यालयमा ध्यानाकर्षण पत्र बुझाइने र २ घण्टा प्रतिनिधिमूलक धर्ना दिइने कार्यक्रम तय गरिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । अबको आन्दोलन यसअघिको भन्दा कडा र दबाबपूर्ण हुने उनले बताए ।

भदौ २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने र विरोध प्रदर्शन लगायतका कडा कार्यक्रम ल्याउने महासंघको तयारी रहेकाे छ ।

 


 

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update