Kath Khabar
शिक्षा विधेयकको विरोधमा निजी विद्यालयले सुरू गरे आन्दोलन

                         काठमाडौं, भदौ ५ । विद्यालय शिक्षा विधेयकमा राखिएका १५% पुर्ण छात्रवृत्ति र क्रमशः नाफा रहित भन्ने प्रावधानहरू प्रति आपत्ति जनाउँदै निजी विद्यालयका सञ्चालकहरूले चरणबद्ध आन्दोलनको सुरु गरेका छन् । 

विद्यालय शिक्षासम्बन्धी विधेयकमा संसद्को शिक्षा, स्वास्थ्य तथा प्रविधि उपसमितिले तयार पारेको प्रतिवेदनमा सहमति जनाउँदै निजी विद्यालय सञ्चालकका संगठन प्याब्सन र एन प्याब्सन लगायतले आन्दोलनको घोषणा गरेका हुन् । जसअनुसार पूर्ण छात्रवृत्ति शब्द हटाइनुपर्ने, विद्यालयहरूमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोसाक, स्टेसनरी, शैक्षिक सामग्री, खाना, कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई गैरनाफामूलक बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने उनीहरूको माग छ ।

आन्दोलनको पहिलो दिन आज भाद्र ५ गते बिहान ११ बजे माइतीघर मण्डलाबाट प्रदर्शन सुरु गरेका छन् भने नयाँ बानेश्वर पुगी पुनः माइतीघर मण्डलामा फर्केर कोणसभा पनि गर्नेछन् ।

निजी विद्यालयहरूका ४ छाता संगठन प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले पनि संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिवेदनमा आफ्ना मागविपरीतका ५ बुँदा नहटाए विद्यालय नै बन्द गर्ने चेतावनी पनि दिएका छन् । 

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update