Kath Khabar
कक्षा ११ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षा नतिजा सार्वजनिक

                            काठमाडौं, असोज ३१ । कक्षा ११ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षा नतिजा सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सूचना जारी गर्दै नतिजा सार्वजनिक भएको जानकारी दिएको हो ।  आंशिक तथा ग्रेडवृद्धि परीक्षा २०८२ साल जेठ १३ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको थियाे । 

नतिजा अनुसार कूल १४ हजार ९ सय १० विद्यार्थी सहभागी भएकोमा ९ हजार ४५६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । २ जनाको परीक्षा रद्द गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा प्राप्त गर्न सकिनेछ ।

प्रकाशित मिति: शुक्रबार, असोज ३१, २०८२  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update