Kath Khabar
लगातार बढेको सुनको मूल्यकाे पुनः नयाँ रेकर्ड

                                      काठमाडौं, साउन २० । लगातार बढेको सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १९०० सय रुपैयाँले बढेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । 

सोमबार प्रतितोला १ लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेर दुई लाख नजिक पुगेको छ । याे अहिलेसम्मकै नयाँ रेकर्ड हाे ।

यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार २८० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update