Kath Khabar
सुनकाे मूल्य सामान्य घट्याे, चाँदी बढ्याे

                                       काठमाडौं, साउन २० ।  सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ सय रुपैयाँले घटेको हो ।

जसअनुसार छापावाल सुनकाे मूल्य तोलाको १ लाख ९८ हजार ४ सय रुपैयाँ ताेकिएको महासंघले जनाएको छ । मंगलबार सुन १ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने २५ रुपैयाँले बढेर २ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी २ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update