सुनकाे मूल्य हालसम्मकै उच्च, पुग्याे दुई ताेला नजिक

काठमाडौं, साउन २३ । शुक्रबार नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । सुनको मूल्य आज लगभग दुई लाखको नजिक पुगी हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु एक लाख ९९ हजार ४०० पुगेको छ । बिहीबार प्रतितोला रु एक लाख ९८ हजार ४०० मा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला रु १० रुपैयाँले बढेर तोलामा रु २ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२ १३:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय