Kath Khabar
तोलामा ११ सयले घट्यो सुनको मूल्य

                           काठमाडौं, साउन २६ । आज सोमबार सुन तोलामा ११ सयले घटेको छ । तोलाको १ लाख ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

आइतबार छापावाल १ लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा १ लाख ९८ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला २ हजार ३१५ रुपैयाँ कायम भएको छ । आइतबार २ हजार ३३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update