सुनचाँदीको मुल्य घट्याे, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं, साउन २७ । आज सुनचाँदीको मुल्य घटेको छ । मंगलबार छापावाल सुन तोलाको १३ सयले घटेर एक लाख ९६ हजार ८०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार सुन तोलाको एक लाख ९८ हजार १०० मा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर २ हजार ३०५ रुपैयाँ कायम भएकाे छ । सोमबार चाँदी तोलाको २ हजार ३१५ मा कारोबार भएको थियो ।
प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२ ११:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय