काठमाडौं, वैशाख ८ । इन्डियन प्रिमियर लिग आइपिएलमा दिल्ली क्यापिटल्सले मुम्बइ इन्डियन्समाथि ६ विकेटको संघर्षपुर्ण जित हात पारेको छ ।
गएराती चेन्नइस्थित चिडम्बरम रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बइ निर्धारित २० ओभर खेल्दै ९ विकेट गुमाएर एक सय ३७ रनमा समेटियो । ९ रनमा ओपनर क्वीन्टिन डि ककलाई गुमाएपछि दोस्रो विकेट लागि रोहित शर्माले सुर्यकुमार यादवसँग मिलेर ५८ रनको साझेदारी गरे । कप्तान रोहितले सर्वाधिक ४४ रनको पारी खेले । इसान किशनले २६ , सुर्यकुमारले २४ र जयन्त यादवले २३ रन बनाए । मुम्बइका बाँकी खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । अमित मिश्रले घातक बलिङ गरि चार विकेट लिए । उनले चार ओभर बलिङ गर्दा २४ रन मात्र खर्चिएका थिए । आभेस खानले दुइ विकेट लिए । जवाफमा एक सय ३८ रनको झिनो लक्ष्य दिल्ली अन्तिम चार बल बाँकी हुँदा चार विकेट गुमाएर पुरा गर्यो ।
११ रनमा पहिलो विकेट गुमाएको अवस्थामा खेलेको दिल्लीले पुरै इनिङ्स सुस्त ब्याटिङ गरेको थियो । सिखर धवनले ४५ रन, स्टिभन स्मिथले ३३ तथा ललित यादबले २२ रन जोडे । आज प्रतियोगिता अन्तगर्त दुइ खेल हुदैँ छन् । नेपालीसमय अुनसार दिउँसोको पौने चार बजे पञ्जाव किंग्स र सनराइजर्स हैदरावाद भिड्दा बेलुकाको पौने ८ बजे कोलकत्ता नाइट राइडर्स चेन्नइ सुपर किंग्स आमने सामने हुनेछन् ।