Kath Khabar
सुनचाँदीकाे मूल्य घट्याे, कतिमा हुँदैछ काराेबार ?

                           काठमाडौं, साउन ३० । आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा आज सुन तोलामा ६०० रुपैयाँले घटेको हाे ।

आज छापावाल सुन तोलामा १ लाख ९६ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार १ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार चाँदी प्रतितोला २५ रुपैयाँले घटेको छ । आज तोलामा २ हजार ३१५ रुपैयाँमा चाँदीको मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update