तोलामा ७ सय रुपैयाँले घट्याे सुनकाे मूल्य
काठमाडौं, भदौ १ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हाे ।
शुक्रबार प्रतितोला १ लाख ९६ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, चाँदीको आज मूल्य पनि घटेको छ । शुक्रबार २३ सय १५ रुपैयाँमा कारोवार भएको चाँदी आज ५ रुपैयाँले घटेर २३ सय १० रुपैँयामा कारोबार भएको हो ।
प्रकाशित मिति: आइतबार, भदौ १, २०८२ १२:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय