Kath Khabar
प्रतितोला आठ सय रूपैयाँले बढ्यो सुनको मूल्य

                                    काठमाडौं, भदौ २ । आज सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला आठ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार प्रतितोला एक लाख ९५ हजार पाँच सय रूपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ९६ हजार तीन सय रूपैयाँ पुगेको हो ।

त्यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला पाँच रूपैयाँले बढेको छ । आइतबार प्रतितोला २ हजार ३१० रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला २ हजार ३१५ रूपैयाँमा कारोबार भइरहेको छ। 

 

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update