सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार !

काठमाडौं, भदौ ३ । आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घटेको छ ।
सोमबार प्रतितोला १ लाख ९६ हजार ३०० रुपैयाँले कारोबार भएको सुन आज तोलामा १ लाख ९५ हजार १०० रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार २ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी १५ रुपैयाँले घटेर २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२ १२:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय