तोलामा १६ सय रुपैयाँले घट्याे सुनकाे भाउ
काठमाडौ, भदौ ४ । लगातार दुईदिन देखि घटिरहेको सुनको भाउ बुधबार पनि घटेको छ । मंगलबार प्रतितोला १२ सय रूपैयाँले घटेको सुन आज तोलामा १६ सय रुपैयाँले घटेको हो ।
जसअनुसार आज सुन प्रतितोला एक लाख ९३ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार एक लाख ९५ हजार एक सय रूपैयाँमा कारोबार भएकाे थियो ।
यस्तै, बुधबार चाँदीको मूल्य पनि तोलामा ४५ रूपैयाँले घटेको छ । मंगलबार प्रतितोला २ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको चाँदी बुधबार प्रतितोला २ हजार २५५ रूपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२ १२:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय