सुनको मूल्य बढ्यो, कति पुग्यो ताेलामा ?

काठमाडौं, भदौ ५ । आज बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला १३ सय रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज सुन १ लाख ९४ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । बुधबार सुन प्रतितोला १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ३५ रुपैयाँले घटेर प्रतितोला २ हजार २९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२ १२:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय