तोलामा ४०० रुपैयाँले बढ्यो सुन

काठमाडौं, भदौ ६ । आज सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा छापावाल सुन तोलामा ४०० रुपैयाँ वृद्धि भएको छ ।
आज शुक्रबार छापावाल सुन तोलाको मूल्य तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार तोलामा १ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्यमा पनि बढेको छ । बिहीबार तोलामा २ हजार २९० रुपैयाँमा किनबेच भएको चाँदीको मूल्य शुक्रबार तोलामा २ हजार ३१० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२ १२:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय