एकैदिनमा २३ सयले बढ्यो सुनको मूल्य

काठमाडौं, भदौ ८ । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
आइतबार छापावाल सुन तोलामा २३ सयले बढेर एक लाख ९७ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ । यसअघि शुक्रबार सुन तोलाको एक लाख ९५ हजार २ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४० रुपैयाँले बढेर २ हजार ३५० कायम भएको छ । यसअघि शुक्रबार चाँदी तोलाको २ हजार ३१० मा कारोबार भएको थियो ।
प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२ १२:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय