सुन र चाँदीको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं, भदौ १५ । आज सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । शुक्रबार प्रतितोला २ लाख पुगेर रेकर्ड राखेको सुनको मूल्यले आज पनि ३ हजार रुपैयाँले बढेर अर्को नयाँ रेकर्ड राखेको हो ।
आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ३ हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो । शुक्रबार प्रतितोला २ लाख ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । शुक्रबारको तुलनामा आज चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर प्रतितोला २ हजार ४२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२ १२:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय