Kath Khabar
१७०० रुपैयाँले बढ्याे सुनको मूल्य

                           काठमाडौं, भदौ १६ ।  नेपाली बजारमा सुनको मूल्यले निरन्तर किर्तीमान कायम गरिररहेको छ ।

आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु १७०० रुपैयाँले बढेको छ । जसअनुसार आज सुन प्रतितोला रू २ लाख ५ हजार ३०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार प्रतितोला दुई लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि आज ४५ रुपैयाँले बढेर २ हजार ४७० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला रू २ हजार ४२५ मा कारोबार भएको थियो । 

 

प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update