Kath Khabar
तोलामा ६ सयले बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

                    काठमाडौं, भदौ १७ । आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले बढेर दुई लाख ५ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन तोलामा दुई लाख ५ हजार तीन सय रुपैयाँमा काराेबार भएको थियो ।

यस्तै, चाँदीको आज चाँदीकाे मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला  १५ रुपैयाँले बढेर प्रतितोला २ हजार ४८५ रुपैयाँ कायम भएकाे छ । सोमबार २ हजार ४ सय ७० रुपैयाँमा काराेबार भएको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update