Kath Khabar
आज सुनचाँदीको मूल्य स्थिर

                            काठमाडौं, भदौ १९ । आज बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज बुधबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको मूल्य प्रतितोला २ लाख ७ हजार ९०० रुपैयाँ कायम भएको छ । बुधबार पनि यहि मूल्यमा कारोबार भएको थियो, यो मूल्य हालसम्मकै उच्च हो ।

यस्तै, आज चाँदी प्रतितोला २ हजार ४८० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update