Kath Khabar
एकैचोटी २५ सय रूपैयाँले बढ्याे सुनकाे मूल्य

                             काठमाडौं, भदौ २० । लगातार बढेको सुनको मूल्य आज झन बढेको छ। बिहीबार स्थिर रहेको सुनको मूल्य आज शुक्रबार प्रतितोला एकैचोटी २५ सय रूपैयाँले बढेको छ। 

बिहीबार प्रतितोला २ लाख ७ हजार ९ सय रूपैयाँमा कारोबार सुन आज २ लाख १० हजार ४ सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी, आज चाँदी प्रतितोला २ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ। 

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update