Kath Khabar
सुनको मूल्यले फेरी राख्यो नयाँ रेकर्ड, कति पुग्याे ताेलामा ?

                               काठमाडौं, भदौ २२ । साताको पहिलो दिन आइतबार पनि सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १६०० ले बढेको छ ।

जसअनुसार आज सुनको मूल्य प्रतितोला २ लाख १२ हजार रुपैयाँ कायम भएकाे छ । शुक्रबार प्रतितोला २ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर प्रतितोला २५०० रुपैयाँमा कारोबार भइरहेको छ ।  शुक्रबार २ हजार ४९० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।

प्रकाशित मिति: आइतबार, भदौ २२, २०८२  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update