Kath Khabar
सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार  ?

                      काठमाडौं, भदौ ३० । आज सुनको मूल्य सामान्य वृद्धि भएको छ । सोमबार छापावाल सुन प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँ पुगेकाे छ । आइतबारको तुलनामा १०० रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

त्यस्तै, चाँदीकाे मूल्यले भने निरन्तर नयाँ रेकर्ड बनाउँदै गएको छ । सोमबार तोलामा ५ रुपैयाँले बढेर २ हजार ५७५ रुपैयाँ पुगेको महासंघले जनाएकाे छ । आइतबार चाँदी प्रतितोला २ हजार ५७० रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update