सुनको भाउ फेरी उच्च, कति पुग्यो तोलामा ?

काठमाडौं, भदौ ३१ । सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ । आज सुन तोलामा १९ सय रुपैयाँले बढेर तोलामा रु २ लाख १७ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आइतबार र सोमबार सुनको भाउ केही घटेको थियो ।
यस्तै, चाँदीको भाउले पनि कीर्तिमान बनाएको छ । आज चाँदीको भाउ २० रुपैयाँले बढेर तोलाको २ हजार ५९५ रुपैयाँ पुगेको छ । हिजो पनि उच्च रेकर्ड राखेको चाँदीको भाउ तोलामा २ हजार ५७५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२ १२:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय