Kath Khabar
वनस्थलीमा बसको ठक्करबाट एक पैदलायात्रीको मृत्यु

                               काठमाडौं, असोज २ । काठमाडौंको वनस्थलीमा आज बिहान बसको ठक्करबाट एक पैदलायात्रीको मृत्यु भएको छ ।

बिहीबार बिहान साढे ५ बजे महानगर यातायातको बा.प्र. ०१–००६ ख ७५४३ नम्बरको बसले जेब्राक्रसमा बाटो काट्दै गरेका पुरुषलाई ठक्कर दिँदा उनको घटनास्थलमा मृत्यु भएको हो । 

मृत्यु हुनेमा सङ्खुवासभा घर भई हाल वनस्थली बस्ने ६८ वर्षीय जसबहादुर मगर रहेका छन् । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update