Kath Khabar
धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना  घाइते

                         विराटनगर, असोज २९ । धनकुटामा बुधबार दिउँसो बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना  घाइते भएका छन् ।

विराटनगरबाट धनकुटा जाँदै गरेको प्रदेश १-०२-००१ ख ९६०६ नम्बरको बस धनकुटाको महालक्ष्मी नगरपालिकास्थित निगालेमा बुधबार दिउँसो दुर्घटनाग्रस्त भएको थियो ।

मृत्यु हुनेमा महालक्ष्मी-७ की गंगा कार्की र अर्का एक पुरुष छन् । दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन् । घाइतेहरूको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । एक जनाको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update