Kath Khabar
तारकेश्वरबाट माछापोखरी आउँदै गरेको यात्रुबाहक बस दुर्घटना, २० भन्दा बढी घाइते

                     काठमाडौं, असोज ५ । काठमाडौंको तारकेश्वरबाट माछापोखरी आउँदै गरेको यात्रुबाहक बस आज बिहान दुर्घटना हुँदा २० जना भन्दा बढी घाइते भएका छन् । बा ५ ख ५० नम्बरको बस माछापोखरी बाइपासको उकालो चोकमा दुर्घटना परेको हो ।

प्रत्यक्षदर्शीहरुका अनुसार बाइकलाई जोगाउने क्रममा उक्त गाडी मुख्य सडकमा अनियन्त्रित भएर पल्टिएको थियाे । घटनामा २० भन्दा बढी यात्रु घाइते भएका छन्, जस मध्ये केहीको अवस्था गम्भीर रहेको बताइएकाे छ ।
घाइतेहरुलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update