ताेलामा नाै सय रूपैयाँले घट्याे सुनकाे मूल्य
काठमाडौं, असोज २ । आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । बुधबारकाे तुलनामा आज सुन प्रतितोला ९ सय रुपैयाँले घटेर २ लाख १५ हजार २०० रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बुधबार सुन तोलामा २ लाख १६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर प्रतितोला २ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी २ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बिहीबार, असोज २, २०८२ ११:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय