तोलामा आठ सय रुपैयाँले बढ्याे सुनकाे मूल्य

काठमाडौं, असोज ३ । आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा आठ सय रुपैयाँले बढेर २ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन तोलामा २ लाख १५ हजार दुई सय रुपैयाँमा कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ६० रुपैयाँले बढेर २ हजार ५८० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी २ हजार ५२० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२ १२:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय